स्वर्णलक्ष्मी सहकारी ठगी आरोप : कांग्रेस सांसद माया राईलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति, सांसद पद के हुन्छ ?

काठमाडौं, १४ वैशाख । नेपाली कांग्रेसकी सांसद माया राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले सांसद राईलाई शनिबार पक्राउ गरेको थियो । काठमाडौं जिल्ला अदालतले राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
शनिबार साँझ पक्राउ परेकी सांसद राईलाई आइतबार अदालत लगिएको थियो । उनलाई काठमाडौं जिल्ला प्रहरी, परिसर भद्रकालीको हिरासतमा राखिएको छ ।
आइतबार प्रतिनिधिसभा बैठकमा उपसभामुख इन्दिरा रानाले राई पक्राउको सूचना पढेर सुनाएकी थिइन् । राई पुर्पक्षका लागि थुनामा गए निलम्बित हुनेछिन् ।
क्याटेगोरी : जनमञ्च, समाचार
प्रतिक्रिया