Techie IT
Samayabaddha
आईतबार, १४ वैशाख, २०८२

शिक्षक आन्दोलनको समाचार संकलनका क्रममा पत्रकार सविना कार्की घाइते, महासंघको ध्यानाकर्षण


काठमाडौं, १४ वैशाख । शिक्षक आन्दोलनको समाचार संलकनका क्रममा पत्रकार सविना कार्की घाइते भएकी छिन् । प्राइम टेलिभिजनका कार्यरत पत्रकार कार्की समाचार संकलनका क्रममा घाइते भएकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।

आन्दोलनरत शिक्षक र प्रहरीबीच आज काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक भएको महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा उलेख छ । वज्ञप्तिमा भनिएको छ, ‘यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।’

महासंघले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दैे घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


ताजा अपडेट