चट्याङ लागेर २ जना मजदूरको मृत्यु

काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको त्रिवेणी ताल पदमार्गमा काम गर्न गएका २ जना मजदूरको चट्याङ लागेर मृत्यु भएको हो ।
ज्यान गुमाउनेहरूमा सङ्खुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेका पदमार्ग निर्माण समितिका अध्यक्ष राजमान गुरुङले जानकारी दिए । उनीहरूलाई दिउँसो चट्याङ लागेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाबारे जानकारी प्राप्त भएर टोली पठाएको जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया