रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले राप्रपा नेता रवीन्द्र मिश्र र राजावादी आन्दोलनका जनकमाण्डर तोकिएका दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
तीनकुनेमा १५ चैतमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ परेका मिश्र, प्रसाईंसहित ३३ जना व्यक्तिहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति दिएको हो ।
प्रहरीको माग बमोजिम सरकारी वकिलहरूले भने २० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति मागेका थिए ।
पछिल्लो पटक १० वैशाखमा उनीहरूविरुद्ध तीन दिनको म्याद थप भएको थियो । त्यसबेला पनि उनीहरुलाई २० दिन हिरासतमा राख्न सरकारी पक्षले माग गरेको थियो ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया