कालीगण्डकी नदी खोचमा एक महिला मृत फेला

तानसेन, १६ वैशाख । जिल्लाको रम्भामा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । रम्भा गाउँपालिका–३, राम्दीस्थित कालीगण्डकी नदी खोचमा बगनासकाली–६, यम्घाकी ३४ वर्षीया गङ्गा माझी मृत भेटिएकी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
यम्घास्थित मानबहादुर दर्लामीको घरमा डेरा लिएर बसेकी माझी मङ्गलबार बिहान ८ बजेतिर मृत फेला परेकी पाल्पाका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया