अदालतको अवहेलना मुद्दामा सर्वोच्चले गगन थापासँग माग्यो लिखित जवाफ

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी उनको लिखित जवाफ माग्न आदेश दिएको छ ।
न्यायाधीश सपना प्रधान मल्ल र नित्यानन्द पाण्डेयको इजलासले जवाफ माग्ने आदेश गरेको हो ।
थापाले गत बिहीबार ५२ वटा संवैधानिक नियुक्तिसम्बन्धी मुद्दा किनार नलगाएर सर्वोच्चले डिल गरिरहेको आरोप लगाएका थिए ।
क्याटेगोरी : समाचार
प्रतिक्रिया