Techie IT
Samayabaddha
बुधबार, १९ चैत्र, २०८१

संसदीय छानबिन समितिको टीओआर बनाउन कार्यदल गठन, भोलि बिहान बैठक


सहकारीको वचत रकम अपचलनबारे छानबिन गर्न गठन हुने संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन कार्यदल गठन गरिएको छ ।

शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धन र नेपाली कांग्रेसका नेताहरुबीच भएको छलफलले सहकारीको वचत अपचलनबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने सहमति गरेको थियो ।

समितिको कार्यादेश बनाउन नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि रहेको एक कार्यदल गठन गरिएको छ, जसलाई कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संयोजक गर्नेछन् ।

उक्त कार्यदलमा कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका कानुनमन्त्री गिरीले जानकारी दिए ।

यो समितिको बैठक आइतबार बिहान ८ बजे बस्नेछ । ‘भोलि नै सक्ने गरी काम हुन्छ, उहाँहरुसँग बस्ने सहमति खोज्ने, थप नेताहरुसँग छलफल गर्नुपर्‍यो भने गरेर यसलाई टुंग्याउँछौं’, गिरीले भने ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट