Techie IT
Samayabaddha
बुधबार, १० पुस, २०८१

गृहमन्त्रीले नदेखेको गिरीबन्धुदेखि स्वास्थ्य सामग्री घोटालासम्म


उपप्रधनमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले लामो समयको प्रयासपछि आइतबार बेलुका प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेका छन् ।

लामिछानेले विशेषगरी कांग्रेस महामन्त्री गगन थापालक्षित सम्बोधन गर्दै उनी स्ववियु सभापति, कृषि समितिको सभापति र स्वास्थ्यमन्त्री हुँदा मिडियामा आएका समाचार उल्लेख गर्दै छानबिन समिति बनाउने कि नबनाउने भनी प्रश्न गरे ।

साथै लामिछानेले धनराज गुरुङको रातो पासपोर्ट काण्डदेखि, आरजु राणा, टेकबहादुर गुरुङ र चित्रबहादुर केसीसम्मका सार्वजनिक समाचार उल्लेख गर्दै छानबिन समिति बनाउने कि नबनाउने भनी प्रश्न गरे ।

उनले वाइडबडी भ्रष्टाचार, कैलालीको टिकापुर नगर विकास समितिको जग्गा व्यक्तिका नाममा गर्ने प्रकरण, नक्कली भूटानी शरणार्थी प्रकरण, बालमन्दिरदेखि बाँसबारीको जग्गा प्रकरणका सबै प्रकरण अघि सारे ।

तर उनले बहुचर्चित केही विषय भने नदेखेको जस्तै गरे ।

हालै सार्वजनिक भएको गिरीबन्धु टि–इस्टेटको अर्बौंको जग्गा प्रकरणको नामसम्म उच्चारण गरेनन् ।

जहाँ सर्वोच्च अदालतले नै उक्त निर्णयलाई गलत भनेको छ । त्यसैगरी एनसेल काण्ड, कम्बोडियामा केपी ओलीले गरेको भनिएको लगानीकाण्ड, ओम्नी काण्ड, ७० करोड घुस सम्बन्धी अडियो प्रकरण, कोरोनाकालमा स्वास्थ्य सामग्री खरिद घोटालाकाण्ड, संवैधानिक अंगमा गैरकानुनी तरिकाले नियुक्त गरिएको ५२ पदाधिकारी प्रकरण, पोखरा विमानस्थल प्रकरण, भैरहवा विमानस्थल प्रकरण, पानी ट्याङ्की प्रकरण, आईफा अवार्ड, बूढीगण्डकी जलविद्यूत् परियोजना, युनिभर्सल पिस फाउन्डेसन– होली वाइन प्रकरण, माओवादी लडाकु प्रकरणलगायतका प्रकरण भने उनले उच्चारणसमेत गरेनन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट