सात सदस्यीय संसदीय समिति बनाइने, समयावधि तीन महिना
सहकारीको बचत अपचलनबारे छानबिन गर्न सात सदस्यीय संसदीय समिति बनाइने भएको छ । उक्त समिति आज अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकमा घोषणा गरिने बताइएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठकमा गरिएको ‘बिफ्रिङ’ सुनाउँदै उक्त समितिको कार्यावधि तीन महिनाको हुने एक सांसदले जानकारी दिए ।
प्रमुख सत्तासाझेदार दल नेकपा (एमाले)का तर्फबाट समितिमा दुई सदस्य रहनेछन् । यस्तै, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट एक/एक सदस्य रहनेछन् ।
कांग्रेस संसदीय दल बैठकमा बिफ्रिङ गरिएअनुसार, कांग्रेसबाट दुई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट समितिमा एक सदस्य रहने ती नेताले बताए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया