पर्यटनमन्त्रीको ठाउँमा रन्जीता श्रेष्ठलाई ल्याईदै
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी रञ्जिता श्रेष्ठलाई पर्यटन मन्त्रालय दिने तयारी गरिएको छ । त्यसका लागि एक हप्ताभित्र मन्त्री हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयबाट हटाइँदै छ ।
अध्यक्ष श्रेष्ठले पनि आफू एक हप्ताभित्र मन्त्री बन्न लागेको पुष्टि गरिन् ।
“प्रधानमन्त्रीज्यूसँग सहमति भइसकेको छ । एक हप्ताभित्र म पर्यटन मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी हुँदै छु,” श्रेष्ठले भनिन् ।
यससँगै उद्योग वाणिज्य तथा आपूर्ति वा उद्योग मन्त्रालय लिएर जनमत पार्टी पनि सरकारमा सहभागी हुने बताइएको छ । सीके राउत अमेरिकाको भ्रमणमा रहेकाले उनी फर्किएपछि मात्र मन्त्रिपरिषद् पुनर्गठन गर्न लागिएको नाउपाका नवनियुक्त उपाध्यक्ष रावजेश अधिकारीले जानकारी दिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया