Techie IT
Samayabaddha
शुक्रबार, १२ पुस, २०८१

२४० सिटको मतपरिणाम सार्वजनिक– भाजपा १२२ र कांग्रेस ५३ सिटमा विजयी


भारतीय लोकसभा निर्वाचन–२०२४ को मतपरिणाम आउनेक्रम जारी रहेको छ । नेपाली समयअनुसार मंगलबार राति ८ बजेसम्म २४० सिटको मत परिणाम सार्वजनिक भएको छ । कुल  ५४३ सिटको लागि भएको निर्वाचनको मतगणना मंगलबार बिहानबाट सुरु गरिएको थियो ।

भारतीय निर्वाचन आयोगका अनुसार अहिलेसम्म सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) १२२ सिटमा विजयी भएको छ । प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेस (आईएनसी)ले ५३ सिट जित हात पारेको छ ।

यसैगरी समाजवादी पार्टीले १६ र अल इन्डिया तृणमुल कांग्रेस ६ सिटमा जित निकालेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट