Techie IT
Samayabaddha
शुक्रबार, ५ वैशाख, २०८२

०८४ सम्म सरकारमा आँखा लगाउन्नौँ : गगन थापा


नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा रहने दाबी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित ‘वर्तमान राजनीतिक अवस्थामा नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सांसद समेत रहेका थापाले चुनावमा गएअनुसारको प्रतिवद्धताअनुसार सरकारमै रहनुपर्ने भएपनि सरकारमा रहेका केही राजनीतिक दलहरूले प्रतिवद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको बताए।

साथै, उनले कांग्रेसले अब ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि बताए।

‘अहिले हामी प्रतिपक्षमा आएका छौँ। हाम्रो चाहनाले होइन। परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ। यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रिय समितिको बैठक बस्छ, केही दिनमा। बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्दछ। त्यो अघि हामीलै नेतृत्व तहमा बसेर प्रशस्त छलफल गरेका छौँ,’ थापाले भने, ‘त्यो छलफलबाट केही समझदारी कायम गरेका छौँ। अब २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा बस्छ,हामी ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्क्याउँदैनौँ।’

प्रतिपक्षको भूमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न छोड्ने भन्ने नहुने पनि बताए।

‘हामीलाई नियतिले प्रतिपक्षको भुमिकामा पुर्‍यायो, हामी त्यहीँ बैस्छौँ । प्रतिपक्षको भुमिका निर्वाह गर्दछौँ। प्रतिपक्षको भुमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी नै गर्दैनौँ त? मज्जाले गर्छौं,’ महामन्त्री थापाले भने, ‘किनभने हाम्रा केही जिम्मेवारी छन्। अहिले पनि हामी संसदको ठूलो पार्टी हो। अहिले पनि हामी संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी हो। त्यसैले हाम्रो केही जिम्मेवारी छ।’

उनले कांग्रेस संसदको ठूलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको भन्दै संविधानमा केही कुराहरू संशोधनका लागि अन्य राजनीतिक दलहरूसँग कुराकानीमा रहने पनि बताए।

‘संविधान जोगाउने हो र टिकाउनको निम्ति यो संविधानमा केही कुरा नबदलीकन हुँदैन। चाहे हाम्रो प्रदेशको रचनाको कुरा होस्, यसलाई जस्ताको त्यस्तै बोकेर हुँदैन,’ थापाले भने, ‘यसलाई टिकाउन केही कुरामा बदवाल ल्याउनुपर्छ। निर्वाचन प्रणालीका बारेमा पनि केही कुरा परिमार्जन गर्नुपर्नेछ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट