Techie IT
Samayabaddha
शनिबार, १३ पुस, २०८१

सरकार विस्तारसँगै सुदूरपश्चिममा माओवादीभित्रकाे द्वन्द्व छताछुल्ल, प्रदेेश वैठक नै स्थगित 


सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले ४० दिनपछि सोमबार एमाले र माओवादीका ३/३ र आफ्नो दल एकीकृत समाजवादीका एक जनालाई समेटेर तेस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।

एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री नियुक्त गरेका सोडारीले अरु पाँच जनाको भने मन्त्रालय तोकेका छैनन् ।

एमालेका वीरबहादुर थापा र हीरा सार्की, माओवादीका अक्कलबहादुर रावल र लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तले विना विभागीय मन्त्रीका रुपमा शपथ लिए ।

मुख्यमन्त्री सोडारीले स्वतन्त्र सांसद डा. तारा जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाएका थिए तर जोशीले मन्त्री पद अस्वीकार गरे ।

सरकारमा भाग लिने आकंक्षीहरुबीचको कुरा नमिल्दा भने नेकपा माओवादी केन्द्रभित्र द्वन्द्व चर्किएको छ । बैठकले आधिकारिक निर्णय लिनु पूर्व नै मन्त्रीहरु छनौट भएपछि विवाद सतहमा आएको हो ।

माओवादीका सुदूरपश्चिम प्रदेशका इन्चार्ज गिरिराजमणि पोख्रेलले भोलि र पर्सि हुने भनिएको सुदूरपश्चिम प्रदेशका केन्द्रीय सदस्यहरु र प्रदेश पदाधिकारीहरुको बैठक अर्को सूचना जारी नभएसम्मको लागि स्थगित भएको जनाएका छन् ।

उनका अनुसार जेठ ३१ र ३२ गते हुने प्रदेश समितिको पूर्ण बैठक पनि स्थगित भएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट