Techie IT
Samayabaddha
सोमबार, १५ वैशाख, २०८२

प्रधानमन्त्रीले राजीनामा नदिने, विश्वासको मत लिने निर्णय


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएर संसदको सामना गर्ने माओवादी केन्द्रको पदाधिकारी वैठकले निर्णय गरेको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे आज बसेको पार्टीका मन्त्रीसहितको पदाधिकारी बैठकले विश्वासको मत लिने निर्णय गरेको नेकपा माओवादीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसी केही वेरअघि सकिएको छ । असार १५ गते शनिवार नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच ओली निवास बालकोटमा भएको लामो कुराकानीपछि राजनीति वृत्तमा नयाँ तरङ्ग पैदा गरेको थियो ।

सत्ता पलटको विषयमा दुई पार्टीका नेताहरु बसेर सोमबार मध्यराति नयाँ सरकारको खाका कोर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । सहमती पत्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको कुरा बाहिर आइसकेपछि सत्ताको नेतृत्व गर्दै आएको माओवादी केन्द्रको पदाधिकारीको आकस्मिक बैठक बसेका हो । हिजो असार १७ सम्म एमाले अध्यक्ष ओलीले पत्रकारहरुसँग आफू यो वर्ष प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताएका थिए ।

माओवादीको पदाधिकारी बैठकमा प्रधानमन्त्रीले राजीनामा दिएर होइन संसदमा फेस गरेर जाने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि प्रधानमन्त्रीले राजीनामा नदिई आफूहरुले सरकार नछोड्ने जानकारी दिइसकेको छ ।

सरकारमा सामेल एमालेका मन्त्रीहरुले भने आजै राजीनामा बुझाउने संभावना रहेको छ । माओवादी बैठकअघि एमाले अध्यक्ष केपी शर्मा ओली पनि बालुवाटार पुगेर माओवादीलाई पनि आफू नेतृत्वको सरकारमा सामेल हुन आग्रह गरेको बालुवाटार स्रोतले बताएको छ ।

यसअघि आइतबार र सोमबार प्रधानमन्त्री प्रचण्ड र ओलीबीच लगातार छलफल चलिरहेको थियो । ओलीले ती छलफलको क्रममा पनि राष्ट्रिय सहमतिको सरकार गठन गर्न लागेको जानकारी दिंदै यस सरकारमा सामेल हुन आग्रह गरिरहेको बालुवाटार स्रोतले बताएको छ । तर प्रधानमन्त्री प्रचण्ड भने यस विषयमा मौन रहँदै आएका थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट