नेकपा एस महाधिवेशनः ९३ सदस्यीय कार्यसमिति घोषणा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का ९३ जना केन्द्रीय सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।
अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले साविकको पोलिट्ब्युरोका सदस्य र प्रदेश अध्यक्षहरू राखेर ९३ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् । शुक्रबार काठमाडौंमा ९३ सदस्यीय केन्द्रीय कार्यसमिति घोषणा गर्दै सबै सदस्यहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।
घोषणा गरिएको सबै केन्द्रीय कार्यसमिति सदस्यहरुलाई निर्वाचन विभाग प्रमुख माधव पौडेलले शपथग्रहण गराएका हुन् । २९९ सदस्यीय केन्द्रीय कमिटी रहने व्यवस्था गरेको एकीकृत समाजवादीले बाँकी सदस्य आगामी दश दिनभित्र पूर्णता दिने बताइएको छ ।
हिजो मात्र अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाल रहने सहमति गरी हलबाट अनुमोदन गराइएको थियो । उनीहरू यसअघि पनि तिनै पदमा थिए ।
अब १० दिनभित्र केन्द्रीय सदस्यहरूबाट पदाधिकारी चयन हुने र बाँकी केन्द्रीय सदस्यहरूको नाम पनि सार्वजनिक गरिने अध्यक्ष मण्डलका सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया