Techie IT
Samayabaddha
सोमबार, १५ पुस, २०८१

विप्लव नेकपाले यात्रुवाहक बस बगाएको घटनास्थलमा उद्धारका लागि कार्यकर्ता खटाउने


नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिराले दुईवटा बस बगाएको घटनाले पार्टीलाई स्तब्ध पारेको बताएका छन् ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै विप्लवले दुईवटा यात्रुवाहक यातायातका साधनलाई पहिरोले बगाउँदा पाँच दर्जन भन्दा धेरै नागरिक बेपत्ता भएको खबरले पार्टी स्तब्ध भएको बताएका हुन् ।

विप्लवले विज्ञप्तिमार्फत प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । ‘केही दिनदेखि परेको अविरल वर्षाको कारण बाढी, पहिरो, डुबान र कटानले देशव्यापी ठुलो धनजनको क्षति भएको छ,’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक प्रकोपबाट पीडित नागरिकको उद्धार र राहत उपलब्ध गराउन तथा जिउधनको क्षति भएकाहरूको उचित क्षतिपूर्ति यथाशीघ्र उपलब्ध गराउन सरकारसँग माग गर्दछ ।’

विप्लवले नेताकार्यकर्तालाई राहत तथा उद्धारमा जुट्न निर्देशन समेत दिएका छन् । ‘पार्टीका सबै नेता–कार्यकर्तालाई राहत र उद्धारमा खट्न निर्देशन गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछ,’ विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट