रास्वपाबाट मुकुल ढकाल निष्कासित ! ‘रवि क्लव’बाट निष्कासित भएको मुलुक ढकालको प्रतिक्रिया
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बनमा रहेका महामन्त्री डा. मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको छ । आज बिहान बसेको केन्द्रीय समिति बैठकले उनलाई उक्त कारबाही गरेको जानकारी दिइएको छ ।
यसअघि ३५ दिनको म्याद दिएर प्रष्टिकरणको मौका दिइएका ढकाललाई त्योभन्दा पहिले पार्टी अनुशासन र आचरण विपरीत गतिविधिको आरोपमा महामन्त्री र प्रवक्ताबाट हटाइएको थियो । पार्टी सभापतिलगायत शीर्ष नेतृत्वमाथि निरन्तर आरोप र लाञ्छना लगाएपछि अनुशासन आयोगले ढकाललाई पद र पार्टीबाट निष्कासन गर्न सुझाएको थियो ।
गत बुधबारको केन्द्रीय समिति बैठकले २४ घण्टे स्पष्टिकरण सोधेपछि उनले सभापति लामिछानेमाथि लागेका विभिन्न आरोप सत्य रहेको बताएका थिए । दोहोरो नागरिकता र राहदानीपछि लामिछानेले सहकारीको करोडौं रकम हिनामिना गरेको ठहर गर्दै उनलाई जेल हाल्नुपर्ने बताएका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निष्कासनमा परेका डा. मुकुल ढकालले आफूलाई कारवाही गर्ने अधिकार उक्त पार्टीलाई नभएको प्रतिक्रिया दिएका छन् ।
रास्वपालाई ‘रवि लामिछाने क्लव’को संज्ञा दिँदै उनले त्यस्तो दाबी गरेका हुन् । आफूलाई केन्द्रीय समिति वैठकले कारवाही गरेको बाहिर आए लगत्तै सामाजिक सञ्जालमा प्रतिक्रिया लेख्दै ढकालले भनेका छन – “रवि लामिछाने क्लवबाट निष्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लवलाई छैन ।”
उनले सभापति रवि लामिछानेमाथि नैतिक प्रश्न उठाउँदै साधारण सदस्यबाट राजीनामा गर्नुपर्ने तर्क पनि गरेका छन । ‘न्यायिक निकायले क्लवको कारवाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधरण सदस्यबाट राजीनामा दिनपर्छ’ ढकालको जिकिर छ ।
त्यस्तै, सहकारी प्रकरणमा लामिछानेले आम जनतालाई भ्रमित पार्ने गरी भाषणबाजी गर्दै हिँडको उनको आरोप छ । आफूविरूद्ध आएका प्रमाणलाई किर्ते भन्दै लामिछानेले जनतामा भ्रम छरेको र न्याय सम्पादनको प्रक्रियालाई खलल पु¥याउने दुस्साहस गरेको ढकालको दाबी छ ।
यसअघि पनि ३५ दिनको म्याद दिएर प्रष्टिकरणको मौका दिइएका ढकाललाई त्योभन्दा पहिले पार्टी अनुशासन र आचरणविपरीत गतिविधिको आरोपमा महामन्त्री र प्रवक्ताबाट हटाइएको थियो ।
गत बुधबारको केन्द्रीय समिति बैठकले २४ घण्टे स्पष्टीकरण सोधेपछि ढकालले सभापति लामिछानेमाथि लागेका विभिन्न आरोप सत्य रहेको दाबी गरेका थिए । दोहोरो नागरिकता र राहदानीपछि लामिछानेले सहकारीको करोडौं रकम हिनामिना गरेको ठहर गर्दै उनलाई जेल हाल्नुपर्ने बताएका थिए ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया