Techie IT
Samayabaddha
आईतबार, २१ पुस, २०८१

रवि लामिछानकाे सम्भावित गिरफ्तारी विरूद्ध शक्ति प्रदर्शनकाे तयारी


काठमाडौं ।  रवि लामिछानेको गिरफ्तारीको हल्ला फैलिने बित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा कार्यकर्ता काठमाडौंस्थित पार्टी मुख्यालयमा जम्मा भएका छन् । देशैभरिबाट नेता तथा कार्यकर्तालाई काठमाडाैं बाेलाएर रवि लामिछानेको सम्भावित गिरफ्तारीकाे भयले शक्ति प्रदर्शनकाे तयारी भइरहेकाे छ । केही समयदेखि रविकाे सहकारीकाे रकम अपचलनका बारेमा चलिरहेको अनुसन्धान र सम्भावित गिरफ्तारीको चर्चापछि पार्टी समर्थकहरूमा हलचल मच्चिएको हो ।

श्रोतका अनुसार, लामिछानेमाथि विभिन्न आरोपहरू लाग्दै आएका थिए । जसमा सहकारी कोषको दुरुपयोग मुख्य विषय बनेको छ । लामिछानेले यसअघि नै याे आरोप अस्वीकार गरेका थिए र आफू निर्दोष रहेको बताएका थिए ।  तर, गिरफ्तारीको हल्लाले रास्वपा समर्थक र नेताहरूलाई चिन्तित बनाएको छ ।

पार्टी मुख्यालयमा उपस्थित कार्यकर्ताहरूले लामिछानेको गिरफ्तारीलाई राजनीतिक षड्यन्त्रको रूपमा व्याख्या गर्दै विरोध जनाएका छन् । रास्वपाका नेताहरूले प्रेस वक्तव्य जारी गर्दै लामिछानेमाथिको सम्भावित कारबाहीलाई अन्यायपूर्ण भनेका छन् ।

पार्टीको उपस्थिति बलियो बनाउन र लामिछानेलाई समर्थन गर्ने उद्देश्यले केही क्षेत्रीय नेताहरूले राजधानीमा विरोध प्रदर्शनको तयारी गरिरहेका छन् । लामिछानेका समर्थकहरूले पार्टी कार्यालय परिसरमा समर्थनका नारा लगाउँदै सरकारलाई चुनौतीपूर्ण वक्तव्य दिएका छन् ।

रास्वपाको एक नेताकाे भनाइ छ, “हामी लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्छौं र कानुनी प्रक्रियालाई सम्मान गर्छौं । तर, रवि लामिछानेलाई फसाउने षड्यन्त्रलाई सफल हुन दिइने छैन ।”

यस घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आन्तरिक छलफलहरू भइरहेको र परिस्थिति अनुकूलनका लागि रणनीतिहरू तय गरिरहेको जानकारी प्राप्त भएकाे छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट