Techie IT
Samayabaddha
सोमबार, २२ पुस, २०८१

रवि लामिछाने पक्राउ पर्न सक्ने प्रचण्डको विश्लेषण, पक्राउ परे प्रतिपक्ष दलहरुले प्रतिवाद गर्ने !


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले बोलाएको प्रतिपक्षी दलको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ पर्नसक्ने विश्लेषण प्रचण्डले गरेका छन् । बैठकमा सरकारले लामिछानेलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजेको बताएका हुन् ।

साथै वैकठले रवि लामिछाने पक्राउ परे प्रतिपक्ष दलहरुको तर्फबाट प्रतिवाद गर्ने निर्णय समेत गरेको बताइएको छ ।

प्रतिपक्षी दलहरुको वानेश्वरमा बसेको वैठकले सरकारलाई जनसरोकारका विभिन्न विषयमा ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेको छ ।

विपक्षी दलहरुले उठाएका जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराउने निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले जानकारी दिएका छन् ।

नेता बस्नेतले सरकारले जनसरोकारका विषयमा सरकारले प्रभावकारी काम नगरेमा संसदको विशेष अधिवेशन बोलाउने विषयमा समेत छलफल भएको बताए ।

उनले भने, ‘प्रतिपक्षी दलहरूको तर्फबाट सरकारको ध्यानाकर्षण गराउने र ज्ञापनपत्र पेश गर्ने भन्ने समझदारी भएको छ । जनसरोकारका मुद्दामा सरकारले गम्भीरता देखाएन र सकारात्मक रेस्पोन्स गरेन भने विशेष अधिवेशन आव्हान गर्नुपर्ने परिस्थिति पनि आउन सक्छ भन्ने छलफल भयो ।’


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट