म्याद थपको लागि रवि र छवि दुबैलाई अदालत लगियो
पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पक्राउ परेका पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीलाई आज म्यादको लागि आज अदालतमा उपस्थित गराइएको छ ।
कातिक २ गते पक्राउ गरी पोखरा पु¥याइएका लामिछानेलाई असोज ४ गते ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उनलाई अनुसन्धान गर्न अदालतले दिएको ६ दिनको म्याद हिजो बुधबारबाट सकिएको थियो ।
अदालतले दिएको म्याद सकिए पनि अनुसन्धान नसकिएकाले पुनः समय माग्न अदालतमा उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ ।
रविसँगै गोरखा मिडिया नेटवर्कमा साझेदार बनेका पूर्वडिआइजी छविलाल जोशीलाई पनि आजै म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।
कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले अनुसन्धानका क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकाले बयान नसकिएको बताए ।
गत शुक्रबार रवि पक्राउ परेकै दिन पूर्व डीआईजी छविलालको गत असोज १७ गतेबाट लागू हुने गरी २० दिनको म्याद थप भएको थियो ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया