Techie IT
Samayabaddha
शनिबार, २० पुस, २०८१

मानव तस्करी प्रकरणमा कोशीका निवर्तमान मन्त्री पक्राउ


काठमाडौँ । जापानमा मानव तस्करी प्रकरणमा मुछिएपछि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिलामन्त्री तथा नेकपा एमाले कोशी प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारीलाई प्रहरीले विराटनगरस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिएको छ । आइतबार मध्यान्ह उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धानका लागि काठमाडौँ पठाएको हो ।

प्रहरी नियन्त्रणमा आएसँगै निवासबाट बाहिरिने क्रममा उनले आफूले अनुसन्धानलाई सहयोग गर्ने प्रतिक्रिया दिए । उनले भने, ‘म अनुसन्धानलाई सहयोग पु¥याउन हिँडे । अनुसन्धानलाई सहयोग पुया¥उनुपर्छ । म कानुन मान्ने मान्छे हो । कानुनलाई सहयोग गर्नु मेरो दायित्व हो ।’ उनले अनुसन्धानबाट सत्यतत्य सबै बाहिर आउने समेत विश्वास व्यक्त गरे ।

अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्रीकै हैसियतमा गत कात्तिक १३ गते जापान गएका थिए । त्यतिबेला असम्बन्धित मान्छेलाई समेत उनले जापान लगेका थिए । मन्त्रीसहित सबै जनालाई जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । यो प्रकरणपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए भने पार्टीले जिम्मेवारीबाट पनि हटाएको छ । मानव तस्करी प्रकरणमा हालसम्म उनीसहित ७ जना पक्राउ परेका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट