Techie IT
Samayabaddha
बुधबार, १७ पुस, २०८१

उपनिर्वाचनमा सत्तारूढ दलसँग सहकार्य नगर्ने माओवादीको निर्णय


काठमाडौं । संसदको प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)ले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनमा सत्तामा रहेका पार्टीसँग सहकार्य नगर्ने निर्णय गरेको छ । सोमबार खुमलटारमा बसेको पार्टी पदाधिकारीको बैठकबाट सत्तामा नरहेका दलसँग सहकार्य भने आवश्यकता अनुसार गर्ने निर्णय गरिएको छ।

सत्ता भन्दा बाहिरका र विशेष गरी समाजवादी मोर्चाका दलहरुसँग भने आफ्नो अनुकूलतामा सहकार्य गर्ने निर्णय भएको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिएका छन् ।

माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी)लगायत दलसँग सहकार्य गर्ने नीति लिएको छ ।

उमेदवारबारे तल्ला कमिटीले गरेका निर्णय पदाधिकारी बैठकबाट अनुमोदन गरिएको छ । स्थानीय तहका रिक्त ४२ स्थानमा आउँदो मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट