रविलाई अनुसन्धानको लागि भैरहवा लगियो
काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा पुया¥इएको छ । केहीबेर अघि मात्र रवि सवार जहाज भैरहवामा अवतरण भएको रास्वपा कोषाध्यक्ष दीपक बोहोराले जानकारी दिए ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रूपन्देहीबाट पक्राउ पुर्जी जारी भएपछि बयानका लागि रविलाई बुद्ध एयरको जहाजमार्फत रूपन्देही लगिएको हो । रविलाई त्यहाँबाट सरकारी वकिल कार्यालयमा लगेर बयान लिने तयारी छ ।
विमानस्थल बाहिर रास्वपा समर्थकले प्रदर्शन गरिरहेका छन् । अन्य स्थानमा पनि पक्राउको विरोध गरिरहेका छन् । उता सहकारी पीडितहरुले पनि प्रदर्शन गर्ने तयारी गरिरहेका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया