प्रचण्डले ‘चाइना कार्ड’ बारे दिएको अभिव्यक्तिप्रति एमालेको आपत्ति
काठमाडौँ, १ मंसिर । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले ‘चाइना कार्ड’ बारे दिएको अभिव्यक्तिप्रति नेकपा (एमाले)ले आपत्ति जनाएको छ । प्रचण्डले भारतको ‘द हिन्दु’ पत्रिकालाई प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र सरकारका बारेमा गरेको टिप्पणीमा चाइना कार्ड शब्द प्रयोग गरेका थिए । त्यसप्रति एमालेले भर्त्सना गरेको हो ।
नेकपा (एमाले) परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिवार विज्ञप्ति जारी गर्दै प्रचण्डले हिन्दुसँगको अन्तर्वार्तामा गरेको टिप्पणीको घोर भर्त्सना गर्दै टिप्पणी फिर्ता गर्न र जनतासँग माफी माग्न भनेका हुन् ।
नेकपा (एमाले) परराष्ट्र विभाग प्रमुख रघुवीर महासेठले शनिवार विज्ञप्ति जारी गर्दै प्रचण्डले हिन्दुसँगको अन्तर्वार्तामा गरेको टिप्पणीको घोर भर्त्सना गर्दै टिप्पणी फिर्ता गर्न र जनतासँग माफी माग्न भनेका हुन् ।
महासेठले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चाइना कार्ड’ प्रयोग गरी चीन भ्रमणको निर्णय गरेर अपरिपक्वता देखाएको भनेर लेबल लगाउनु निराधार, गैरजिम्मेवारपूर्ण भएको बताएका छन् । साथै उनले प्रचण्डको टिप्पणी नेपालको सार्वभौम छवि र परराष्ट्र नीतिमा गहिरो चोट पुर्याउने कार्य रहेको उल्लेख गरेका छन् ।
एमालेले परराष्ट्र नीति सानोतिनो राजनीतिक झगडाको विषय नभएको प्रचण्डको भनाइ निराधार मात्र नभई नेपालको अन्तर्राष्ट्रिय मान्यताका लागि हानिकारक रहेको जनाएको छ । एमालेले भारत र चीन दुवैसँग नेपालको सन्तुलित सम्बन्ध कायम गर्ने कुरामा प्रतिबद्धता रहेको बताउँदै प्रचण्डलाई आफ्ना गैरजिम्मेवार अभिव्यक्ति फिर्ता लिन र नेपाली जनतासँग माफी माग्न आग्रह गरेको छ ।
विज्ञप्तिमा भारतीय अखबार ‘दी हिन्दू’लाई दिएको अन्तर्वार्तामा प्रचण्डले ‘चिनियाँ कार्ड प्रयोग गर्न खाजेको’ र ‘चीन भ्रमणमा जानु अपरिपक्वताको प्रमाण’ भएको भन्ने अभिव्यक्ति दिएको दाबी गरिएको छ।
प्रचण्डको उक्त अभिव्यक्ति कूटनीतिक मर्यादा विपरित र नेपालको स्वतन्त्रताप्रति पूर्णरुपमा अनादर भएको आरोप समेत लगाइएको छ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया