Techie IT
Samayabaddha
आईतबार, १४ पुस, २०८१

रुकुममा गठबन्धन : कांग्रेसले सूर्य र एमालेले रुख चिह्नबाट उम्मेदवारी दिए


काठमाडौं । रुकुम पूर्वमा सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले गठबन्धन गरेका छन् । पुथा उत्तरगङ्गा गाउँपालिकाको उपाध्यक्ष र वडा नम्बर २ को अध्यक्षमा एमाले र कांग्रेसले गठबन्धन गरेका हुन् ।

सहमतिअनुसार नेपाली कांग्रेसको चुनाव चिह्न रुखबाट एमालेकी केशकुमारी तुलाचनले उम्मेदवारी दिएका छन् । वडा नम्बर २ मा भने सूर्य चिह्नबाट कांग्रेसका जीवन रोका वडाध्यक्षको उम्मेदवार बनेका छन् । पुथा उत्तरगङ्गाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रले नरपुरा बुढा पुनलाई उम्मेदवार बनाएको छ ।

गएको चुनावमा यो गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रका भुपेन्द्रा बुढा ४ हजार ५९ मत पाएर निर्वाचित भएका थिए ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट