Techie IT
Samayabaddha
सोमबार, ८ वैशाख, २०८२

प्रमुख राजनीतिक दलहरु स्थानीय उपचुनावको चटारोमाः विप्लव भने खनजोतमा


देशमा स्थानीय उपनिर्वाचनको चटारो छ । जहाँ प्रमुख राजनीतिक दलहरूले आफ्नो प्रभाव विस्तार गर्न र मतदान जुटाउन कडा प्रतिस्पर्धा गर्दैछन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र जस्ता परम्परागत दलहरूले आफ्ना उम्मेदवारको प्रचारप्रसारमा तिव्रता ल्याएका छन् । संसदको चौथो ठूलो दल राष्टिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने विभिन्न कानुनी उल्झनको सामना गर्दै प्रहरी हिरासतमा छन् । यो पार्टीलाई पनि स्थानीय उपचुनाव लागेको छैन ।

यति नै बेला विप्लवको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले एक नयाँ राजनीतिक दिशा अपनाएको छ । नेत्र विक्रम चन्द विप्लव आफैं खनजोतमा सक्रिय भएर उत्पादन र आत्मनिर्भरतातर्फ जोड दिएका छन् । विप्लवका अनुसार, नेपालको आर्थिक समृद्धिको लागि स्वदेशी उत्पादनलाई प्राथमिकता दिन आवश्यक छ । आत्मनिर्भरता अभियानले नेपाली राजनीति र अर्थतन्त्रमा नयाँ मोड ल्याउने विश्वास विप्लवको नेतृत्वको पार्टीले गरेको छ । पार्टीहरु चन्दा, गलत व्यक्तिको पैसाबाट मुक्त भएपछि मात्र स्वतन्त्र निर्णय गर्नसक्ने उनको मत रहेको छ ।  विप्लव, जसले विगतका वर्षहरूमा राज्यका विरुद्ध संघर्ष गर्दै आएका थिए, अहिले खनजोतमा सक्रिय भएर उत्पादन र आत्मनिर्भरतातर्फ ध्यान दिएका छन् ।  यसका लागि उनी आफ्ना पार्टीका कार्यकर्ताहरूसँग मिलेर कृषि, औद्योगिक उत्पादन र अन्य निर्माण क्षेत्रमा सक्रिय भएका छन् ।

उनको अभियान र योजनाले नेपाली समाजको उत्पादन शक्ति बढाउन सहयोग पुर्याउने छ भन्ने विश्वास छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट