काठमाडौंमा एमालेको जनप्रदर्शनबाट अस्तव्यस्तता : दरबारमार्गमा जागरणसभा
काठमाडौं । सत्तारुढ नेकपा एमालेले आज काठमाडौंको भद्रकालीबाट सुरु गरेको र्याली दरबारमार्गमा पुगेर ठूलो जागरणसभामा परिणत भएको छ।
र्यालीको क्रममा ‘अघि बढ, ओली सरकार’, ‘कुप्रचार र गलत सूचना त्यागौं’, ‘अराजकता सहिन्न, सहिष्णुता छोडिँदैन’ लगायतका नारा लगाइएका थिए । यो र्याली माओवादी केन्द्रको केही दिनअघिको काठमाडौंमा भएको जनप्रदर्शनको जवाफ स्वरूप रहेको धेरैले अनुमान गरेका छन् ।
र्यालीमा सहभागीहरू उत्साहित मुद्रामा दरबारमार्ग पुगेपछि एमालेको राष्ट्रिय जनसांस्कृतिक महासङ्घले सभा स्थलमा गीत गाएर सभालाई स्वागत गरेको छ । प्रमुख कलाकार भीमसेन खतिवडाले ‘देश बनाउन ढिला भो, उठौँ साथी हो, समयले कोल्टे फेर्यो जुटौँ साथी हो’ बोलको गीत गाएर जनतालाई उत्साहित बनाए ।
सभा स्थलमा एमाले अध्यक्ष केपी शर्मा ओली सहितका प्रमुख नेताहरूले सम्वोधन गर्दैछन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया