प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, १० मंसिर । आज साँझ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।
साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको प्रधानमन्त्री केपी शर्मा अोलीको सचिवालयले जानकारी दिएको छ। मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे छलफल हुनेछ।
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जान लागेका छन्। मंसिर १८ गते प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्नेछन्।
त्यसक्रममा दुई देशबीच सम्झौतामा हस्ताक्षर गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रिपरिषद् बैठक बस्ने भएपछि आज हुने भनिएको मन्त्रालयहरूको त्रैमासिक समीक्षा स्थगित गरिएको छ। आजै प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका सन्दर्भमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफलसमेत गरेका थिए।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया