एमालेको जागरण सभा र महानगरको जरिवाना
सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले यही मंसिर ७ गते काठमाडौंको दरबारमार्गमा जागरण सभा नाम दिएको एक कार्यक्रम आयोजना गर्यो । मुलुकमा बढ्दो अराजकता र अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्न एमालेले जागरण सभा गर्ने भनेको थियो । तर एमाले आफैँ यी यावत बिसंगतिको संरक्षक पार्टी भएको जनतासामू प्रमाणित हुँदा यी विषयमा एमालेले खासै बोलेन । बरु देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा बिराजमान केपी शर्मा ओलीले आफ्ना बिरोधी र प्रतिपक्षी दललाई धारे हात लगाएर सत्तो सराप गरे ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले जागरण भनिएको सभालाई प्रष्टीकरण सभामा बदले । उनले सरकारको आयु (गठबन्धन) आगामि निर्वाचसम्म नै लम्बिने बताए । आफ्नो कार्यकाल सम्पन्न भएपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ताको कुर्सी हस्तान्तरण गर्ने बताए । उनले कम्बोडियामा आफ्नो लगानीबारे लागेको जघन्य आरोपबारे पनि स्पष्टिकरण दिए । त्यसैगरी उनले ओलीले ‘चिनियाँ कार्ड खेलेको’ प्रचण्डको अभिव्यक्तिप्रति पनि प्रतिउत्तर दिए ।
प्रष्टिकरण दिने क्रममा ओलीले रवि लामिछाने जोडिएको सहकारी बचत अपचलनबारे, कुलमान घिसिङबारे, एमाले नेताहरु जोडिएका काण्डबारे र दुर्गा प्रसाईँबारे पनि छुच्चो शैलीमा ओठे जवाफ फर्काए ।
भ्रष्टाचारीको संरक्षककर्ता भनेर जनताले आरोप लगाइरहेको र पछिल्लो पटक माओवादीको सरकार ढालेर निर्माण भएको यो सरकार आफैँ कति सुशानसन र सुद्धताले भरिपूर्ण हो भन्ने कुरा त जनताले मूल्याङ्कन गरिसकेका छन् । आफ्ना दलका भ्रष्टहरुलाई एकपछि अर्को गर्दै पक्राऊ गर्न र थप फाइल खोल्न थालेपछि आतङ्कित बनेका काँग्रेस–एमालेले रातारात वर्तमान सरकार निर्माण गरेको जगजाहेर छ ।
जागरण सभाले आमजनतालाई सुशासनप्रति, सदाचारप्रति लाग्न अभिप्रेरित गर्दै बिसंगतीविरुद्ध, अन्यायबिरुद्ध, नातवाद, कृपावादबिरुद्ध, भ्रष्टाचाबिरुद्ध, सरकारी सम्पत्ति दोहनबिरुद्ध लाग्ने हिम्मत, आँट र सहास भर्न उर्जा दिनुपर्नेमा उल्टै सडक फोहोर गरेको भन्दै काठमाडौं महानगरले एक लाख रुपैयाँ जरिवाना थमायो । भ्रष्टाचारीको संरक्षककर्ता भनेर जनताले आरोप लगाइरहेको र पछिल्लो पटक माओवादीको सरकार ढालेर निर्माण भएको यो सरकार आफैँ कति सुशानसन र सुद्धताले भरिपूर्ण हो भन्ने कुरा त जनताले मूल्याङ्कन गरिसकेका छन् । आफ्ना दलका भ्रष्टहरुलाई एकपछि अर्को गर्दै पक्राऊ गर्न र थप फाइल खोल्न थालेपछि आतङ्कित बनेका काँग्रेस–एमालेले रातारात वर्तमान सरकार निर्माण गरेको जगजाहेर छ ।
त्यसैले भ्रष्टाचारमा डुबेर दुर्गन्ध फैलाएको वर्तमान सत्ताधारी दलले जुनसुकै नामको अभियान वा सभा आयोजना गरेपनि त्यसको कुनै तुक र तर्क हुँदैन । यो सभामा एक लाख जनता उतार्ने भनिए पनि दुई चार हजार कार्यकर्ता काठमाडौंका केही छिमेकी जिल्लाबाट ओसारेर सडक फोहोर गर्दैमा जनता जागृत हुन्छन् भन्ने एमालेको सोचाई आगामी दिनमा फेरिन जरुरी छ ।
क्याटेगोरी : बिचार, राजनीति
ट्याग : #amale
प्रतिक्रिया