देश खतरामा परेको छैन र ?
पुष्पकमल–बाबुरामको सरकार बनेको बेलामा यूवा स्वरोजगार कार्यक्रम आयो । माओवादी यूवाहरूलाई पार्ट टाइमर बनाइए । पेशेवर क्रान्तिकारीहरू शान्ति प्रक्रियामा घाँडो भएको महशुस गरि निरन्तर क्रान्तिको नीति परित्यागको व्यवहारिक प्रयोग थियो । यो नीति अनुसार धेरै पेशेवर क्रान्तिकारीहरू पार्टीको आदेशको बाहानामा नीजि तथा सामुहिक पेशा–व्यवसाय अपनाउन पुगे । यति मात्र हैन, कैयौं त्यस्ता यूवाहरू विदेशतिर हानिए । सर्वहाराकरण भएका नेता, कार्यकर्ता र जनसेनाहरू आ–आफ्नो वर्गमै फर्किने स्थिति बन्यो । बिशर्जनवादीलाई यो सही लाग्नसक्छ । नेपाली जनवादी क्रान्तिमा यो भयङ्कर ठूलो घात थियो ।
अहिले देशमा विदेशी हस्तक्षेप बढ्दो छ । प्रतिक्रान्ति स्वभाविक ढङ्गले बड्दै गयो र त्यो रोक्ने तथा विदेशी हस्तक्षेप रोक्ने एकमात्र शक्ति क्रान्तिकारी हुनुपर्नेमा त्यो कमजोर हुनपुगेको छ । देश खतरामा पार्ने मुख्य कारण र शक्ति नै जनयुद्ध रोक्ने दलाल र अवशरवादीहरू हुन् भन्न सकिन्छ ।
अहिले देशमा विदेशी हस्तक्षेप बढ्दो छ । प्रतिक्रान्ति स्वभाविक ढङ्गले बड्दै गयो र त्यो रोक्ने तथा विदेशी हस्तक्षेप रोक्ने एकमात्र शक्ति क्रान्तिकारी हुनुपर्नेमा त्यो कमजोर हुनपुगेको छ । देश खतरामा पार्ने मुख्य कारण र शक्ति नै जनयुद्ध रोक्ने दलाल र अवशरवादीहरू हुन् भन्न सकिन्छ ।
अहिले एमसीसी संसदमा पुर्याएर जनताको मन टुटाउने तथा राष्ट्रघात भएको र एसपीपी मा गोप्य सम्झौता गर्नेहरू संसदमा दुईतिहाई हुन पुगेकाले अहिले राष्ट्रिय स्वाधिनतामा झन् संकटको स्थिति थपिएको छ । अहिले राजनीतिक सबै निर्णयहरू विदेशीकै आदेश र धम्किमा हुने स्थिति आएको छ । यो सरकारको गठन पनि अस्वभाविक ढङ्गले विदेशीकै इसारा र भ्रष्टहरूको संरक्षणका लागि थियो । अहिले परिणाम त्यही भैरहेको छ । यसका कारण क्रान्तिकारीहरूलाई झन् ठूलो चुनौति थपिएको छ ।
यतिखेर दण्डहिनताका कारण अर्थात, संसदीय समितिहरूले दोषी ठहराएका कैयौं फाइलभित्र रहेका भ्रष्टहरूलाई कारवाही नहुँदा उनीहरूकै बहुमत र उनीहरूकै सरकार बन्ने स्थिति आएको छ । उनीहरूमध्ये एक मात्र पात्र रवी कारवाहीका लागि अदालतमा पेश गरिए, अरू सबैजसो अपराधिहरू भ्रष्ट सरकारकै संरक्षणमा छन् ।
दलाल पुँजीवादले अहिले आवाराहरू उत्पादन गरिरहेको छ र देशलाई नवउपनिवेसमा पुर्याएको छ । यो देश मेरो पनि हो र मेरो पनि जिम्मेवारी छ भन्ने भावना ती आवाराहरूमा पलाउँदैन । देशको स्वाधिनता ती मानिसलाई मतलवको बिषय हुन्न र समाज विकासमा केही योगदान दिनसक्छु कि भन्ने सोच नै पलाउँदैन । अत्यन्तै सतही कुरा गर्ने र छट्टूहरूका भावनात्मक कुरामा वहकिने स्वभावले गर्दा विदेशी एजेन्टहरूले युवाहरूलाई भड्काइरहेका छन् ।
‘जे गर्छ फलानाले गर्छ ! फलानो हाईहाई !’ नेतालाई देवत्वकरण गर्ने र तिनका हावादारी कुरामा हाईहाई गर्ने समस्या देशका कर्णधार भनिएका युवाहरूमा छ । यसैको फाइदा उठाउने नियत भएकाहरूले भ्रष्टाचार र दलाली गरिरहेका छन् । यही कारणले पनि विदेशी चलखेल डरलाग्दो ढङ्गले बढिरहेको छ ।
के देश खतरामा परेको यो गम्भीर स्थिति हैन र ?
क्याटेगोरी : बिचार, राजनीति
प्रतिक्रिया