डोल्पाको त्रिपुरासुन्दरी ५ को वडाअध्यक्षमा माओवादीका नरबहादुर झाँक्री निर्वाचित
डोल्पा, १७ मङ्सिर । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५ को वडाध्यक्षमा नेकपा ९माओवादी केन्द्र० का उम्मेदवार निर्वाचित भएका छन् ।
आइतबार सम्पन्न भएको उपनिर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार नरबहादुर झाँक्री निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । झाँक्रीले १६१ मत प्राप्त गरेका छन् भने भने उनका प्रतिस्पर्धी नेकपा (एकीकृत मार्क्सवादी लेनिनवादी) का उम्मेदवार नरबहादुर रोकाले ११६ मत प्राप्त गरे ।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत प्राप्त गरे ।
क्याटेगोरी : पालिका, राजनीति
प्रतिक्रिया