एमालेका पूर्वमन्त्रीले दलितहरुलाई भोट हाल्न नदिएको खुलासा
हुम्ला, १९ मंसिर । यही मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनमा हुम्लामा दलितलाई भोट खसाल्नबाट रोकिएको खुलासा भएको छ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व सामाजिक मन्त्री दल रावलले भोट हाल्न गएका एक जना दलितलाई ‘तँ घर जा भोट नहाल’ भनेर हात तानेर घर पठाइ दिएको पिडितले बताए ।
हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ४ अवस्थित हिमज्योती माविमा भएको निर्वाचनमा नौ जना दलितलाई भोट खसाल्नबाट रोकिएको नेपाल दलित मुक्ति मोर्चा, जिल्ला समन्वय समिति हुम्लाले जारी गरेको प्रेश विज्ञप्तिमा उल्लेख छ ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा पूर्व सामाजिक मन्त्री दल रावलले भोट हाल्न गएका एक जना दलितलाई ‘तँ घर जा भोट नहाल’ भनेर हात तानेर घर पठाइ दिएको पिडितले बताए ।
निर्वाचन प्रक्रियामा सहभागि हुँन जाँदा नौ जना दलितलाई नेकपा (एमाले) का कार्यकर्ताहरुले रोक लगाएको मोर्चाका हुम्ला जिल्ला इन्चार्ज मदन परियारले बताए ।
उनले भने, ‘लोकतान्त्रिक मर्यादा पालकका रुपमा रहेका प्रहरी प्रशासन मौन हुनु तथा निर्वाचन प्रकृयामा नै एमाले पार्टीले अराजक गतिविधि गर्नुले उक्त पार्टी दलित मैत्री शासकका रुपमा नरहेको पुष्टी गर्छ ।’ यस्ता गतिविधिले दलित माथि गरिएको राजनितिक बिभेदका विरुद्ध सम्पुर्ण मुक्तिकामी दलित एक हुन अनुरोध सहित मोर्चाको गम्भीर ध्यानाकर्षण भएको इन्चार्ज परियारले बताए ।
जिल्लामा दलितको पक्षमा वकालत गर्ने तर लोकतान्त्रिक बिधि पद्धतिको शिरोपर गर्नु नपर्ने दलित समुदायलाई दासको मानसिकताबाट हेर्ने दृष्टिकोण परिवर्तन नगरे आम दलित समुदायबाट चर्को मुल्य चुकाउन मोर्चाले प्रेश विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।
क्याटेगोरी : पालिका, राजनीति
प्रतिक्रिया