भाइलाई लिएर नारायणकाजी श्रेष्ठ चीन उडे
काठमाडौं, १९ मंसिर । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन उडेका छन् ।
उनी सहयोगी तथा भाइ सुरेशकाजी श्रेष्ठलाई लिएर आज मध्यान्ह काठमाडौँबाट ग्वाङ्झौं प्रस्थान गरेका हुन् ।
पछिल्लो समय माओवादी केन्द्र र एमालेका शीर्ष नेताहरुले लगातार चीन भ्रमण गरिरहेका छन् । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि केही दिनदेखि उतै छन् ।
चीनको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली भोलि स्वदेश फर्कने कार्यक्रम छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया