Techie IT
Samayabaddha
मंगलबार, ९ पुस, २०८१

ओलीको चीन भ्रमण समिक्षा गर्न एमालेले बोलायो सचिवालय बैठक


काठमाडौं । बीआरआई सम्झौतापछि नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । मंसिर २५ गते दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्मराज अधिकारीले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने एमालेले जनाएको छ ।

मङ्सिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा सार्वजनिक भैसकेको छ । कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौँ महानगर वडा नम्बर १६ सहित उपनिर्वाचन हुने आधा बढी स्थान जित्ने आन्तरिक विश्लेषण गरे पनि एमालेको उक्त विश्लेषण फेल भएको छ । कीर्तिपुरसहितका स्थानमा पराजित भएपछि निर्वाचन परिणामबारे पार्टीमा गम्भीर समीक्षा हुनुपर्ने नेताहरूले बताउँदै आएका छन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट