देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान सरकार बनेको ओलीको दावि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरता अन्त्य गर्दै देशलाई विकृतिबाट सुकृतितर्फ लानका लागि वर्तमान संयुक्त सरकार बनेको दावि गरेका छन् ।
ज्यापु संस्कृति विकास कोषद्वारा आइतबार वसन्तपुरमा आयोजित २१ औँ राष्ट्रिय ज्यापु दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा भएको राजनीतिक परिवर्तनलाई धरापमा पार्ने र परिवर्तनमा योगदान गरेका दललाई अनावश्यक भ्रम फैलाएर बद्नाम गर्ने कोशिश भएकाले दुई ठूला दलको सहकार्यमा यो सरकार बनेको बताएका छन् ।
यो सरकार केवल सरकार बनाउनका लागि नभई मुलुकको समृद्धि र स्थिरताको यात्रालाई अगाडि बढाउन गठन भएको प्रधानमन्त्री ओलीको दावि थियो ।
कार्यक्रममा एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भ्रष्टाचारमा उजुरी परेकामाथि पाँच वर्षभित्र छिनोफानो हुनुपर्छ भन्दा भ्रष्टाचार गरेकालाई बचाउन खोज्यो भनेर गलत प्रचार गरिएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले अहिले आफूह?ले जे दुःख भोगेका छौँ त्यस्ता दुखः हाम्रा छोरानातिह?ले दुःख भोग्नु नपरोस भनेर सरकारले गम्भीरताका साथ काम गरिरहेको दावि गरे ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया