Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

ललितपुरको महानगर दिवसमा बालेनको खोजी !


ललितपुर । मंगलबार ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा काठमाडौं महानगर पालिकाका मेयर बालेन साहको खोजी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानरपालिकाका मेयर बालेन साह अक्सर एउटै मञ्चमा नबस्ने अवस्था सिर्जना भइरहेको बेला ललितपुर महानगरपालिकाले आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र काठमाडौं महानगरपालिकाका मेयर बालेन साह दुवैलाई निम्ता पठाएपछि सबैको मनमा यही कौतहला छाएको थियो ।

काठमाडौं महानगरपालिकाले आयोजना गरेको इन्द्रजात्रा कार्यक्रममा प्रधानमन्त्री उपस्थित हुने भएपछि बालेन साह भारतको बैंङलोर गएका थिए । कार्यक्रम सकिएपछि त्यसै रात मेयर काठमाडौं फर्किएका थिए ।
ललितपुर महानगरपालिकाको स्थापना दिवसमा छिमेकी महानगरका मेयरलाई नबोलाउने कुरै भएन ।

आयोजकलाई कार्यक्रममा आफू उपस्थित हुने जानकारी काठमाडौं महानगरपालिकाका मेयर साहले गराएका थिए । तर अन्तिममा उनी उपस्थित भएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओली महानगरको स्थापना दिवसको प्रमुख अतिथिको रुपमा कार्यक्रममा उपस्थित भए ।

मेयर बालेन साहले प्रधानमन्त्री ओलीलाई ‘गिरिबन्धु टी’ भ्रष्टाचार काण्डमा खुलेआम सामाजिक सञ्जालमा व्यङ्य गर्दै पोष्ट गर्दै आएका छन् ।

उनै प्रधानमन्त्रीले आज बालेन साह अनुपस्थित भएको कार्यक्रमलाई सम्बोधन गर्दै देशमा सुशासन हुने दाबी समेत गरे ।

‘देशमा भ्रष्टाचार नियन्त्रण गर्नुछ। मैले भनेको छु, भ्रष्टहरुको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ,’

त्यस्तै प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतंकको पर्याय नभई रक्षकको पर्याय बनेको भन्दै प्रंशंसा गर्दा धेरैले काठमाडौं महानगरको प्रहरी प्रशासनप्रति प्रधानमन्त्रीले व्यङ्य गरेको अनुमान गरे । यसभन्दा अझ अगाडि प्रधानमन्त्रीले जनप्रतिनिधि र कर्मचारीले घमण्ड नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ, नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतंकमा रहनुपर्ने अवस्था हुनु हुँदैन, प्रधानमन्त्री ओलीले भने, । हामीभित्र घमण्ड पस्नु हुँदैन भन्दै प्रधानमन्त्रीले मेयर बालेन साहलाई घमण्डीको संकते गरेको बुझ्न कार्यक्रममा सहभागीलाई गाह्रो थिएन ।

‘यसको उत्तर बालेन साहले बेलुका सामाजिक सञ्जालबाट दिने नै छन्’ कार्यक्रममा सहभागी एक श्रोताले नजिकै बस्ने साथीसँग भन्दै थिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट