Techie IT
Samayabaddha
सोमबार, ८ पुस, २०८१

रवि लामिछाने सुतेको तस्बिर सार्वजनिक गर्नेमाथि छानबिन गर्न गृहमन्त्रीको निर्देशन


काठमाडौं । गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वन्तत्र पार्टीका सभापति रवि लामिछानेको तस्बिर सार्वजनिक कसरी भयो भन्ने छानबिन गर्न निर्देशन दिएका छन् ।

बिहीबार गृहमन्त्री लेखकले प्रहरी प्रमुख आईजीपी वसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन्।

त्यसैगरी प्रहरी प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विश्व अधिकारीले पनि तस्बिर सार्वजनिक गरिएको भनिएको विषयमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरिसकेको बताएका छन्।

रास्वपाका समर्थक निकोलस भुसाल नाम गरेका एक व्यक्तिले रवि लामिछानेलाई भेट्न गएको बेला आफूले उक्त तस्बिर खिचेको तर सामाजिक सञ्जालमा पोष्ट गरेको बताएका छन् । तर त्यसबारे विभिन्न खालका प्रतिक्रिया आएपछि गर्न नहुने काम रहेछ भन्ने बुझेर तत्कालै उक्त तस्विर हटाएको दाबी भुषालले गरेका छन् । उनले भेट्न जाँदा प्रहरीले सुतिराखेको तस्विर सिसि क्यामरामा देखाएपछि आफूले त्यसैको स्क्रिन सट लिएको निकोलस भुसालको भनाई छ ।

उनको यो भनाइले विषय बस्तुलाई अझ गम्भीर बनाएको छ । हिरासतभित्र बन्दीलाई सिसि क्यामरा जडान गरिएर राखिएको हो त ? प्रश्नले गम्भीर मोडतर्फ तानेको छ । रास्वपाको नेताहरु उक्त तस्बिरमा सभापति रवि लामिछानेकै भएको बताइरहेका छन् । रास्वपाका कोषाध्यक्ष दीपक बोहराले दाविका साथ उक्त तस्बिर सभापति लामिछानेकै भएको बताएका छन् ।

हिरासत भित्र सुत्ने कोठामा सिसिक्यामरा फिट गरिनुलाई व्यक्तिको मानवअधिकार हनन्सँग जोडिएको छ । केही दिन अघि पूर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई चितवनबाट राती पोखरा लैजादा प्रहरीको गरेको व्यवहारले मानवअधिकार हनन भएको भन्दै आयोगमा उजुरी परेको थियो । अहिले लामिछानेको सयनकक्षमा सिसिक्यामरा जोडिएको आशंकाले परिस्थितिले गम्भीर मोड लिनसक्ने आंकलन गरिएको छ ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट