एमालेले पुसको २१ र २२ बोलायो केन्द्रीय कमिटी बैठक
काठमाडौं । नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको सचिवालय बैठकले आगामी पुसको २१ र २२ गते बस्नेगरी बैठक बोलाउने निर्णय गरेको हो ।
‘बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामहरूको बारेमा जानकारी, विगतमा सचिवालय स्थायी कमिटी र पोलिटब्यूरोले गरेका निर्णयका अनुमोदन र समसामयिक प्रस्ताव गरेर चारवटा एजेन्डा तय गरेका छौं,’ उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन् ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया