सर्लाहीको बसबरीया पालिकाका वडा अध्यक्षको निधन
सर्लाही, ११ पुस । सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरका वडाध्यक्ष नन्दलाल महतोको निधन भएको छ ।
कलेजोको क्यान्सर रोगबाट ग्रसित ६९ वर्षीय महतोको उपचारका क्रममा बुधवार राति चितवनको भरतपुरमा निधन भएको हो । महतो २०७२ र २०७९ को निर्वाचनमा लगातार दुई पटक नेपाली काँग्रेसको तर्फबाट वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी २०५४ सालमा तत्कालीन भवानीपुर गाउँ विकास समिति (गाविस) को अध्यक्ष भएका थिए ।
मृतक महतोको शव भरतपुरबाट बिहीबार बिहान घर ल्याएर अन्तिम संस्कारको तयारी भइरहेको बसबरिया गाउँपालिका निवासी नेपाली काँग्रेसका नेता गजेन्द्र साहले जानकारी दिए। वडाध्यक्ष महतोको निधनपछि बसबरिया गाउँपालिकाले बिहीबार ९आज० एक दिन गाउँपालिकाभित्र शोक बिदा दिने निर्णय गरेको छ ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया