देशको मालिक जनता भएका छन् : वर्षमान पुन
रोल्पा, ११ पुस । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले माओवादीको सपनाकै कारण जनता देशको मालिक बन्ने अवस्था सृजना भएको बताएका छन् ।
विगतमा धर्मका नाममा शासन सत्ता चलाउने र हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतार मानेर राजालाई नै देशको मालिक मान्ने परम्परा रहेको उल्लेख गर्दै उनले अहिले त्यो पुरानो सोच र मान्यता बदलिएको बताए । नयाँ संघीय लोकतान्त्रिक गणतन्त्रमा जनता नै देशको मालिक हुने र संघीयताको कार्यान्वयनले गाउँ गाउँमा सिंहदरवार पुग्ने अवस्था सृजना भएको उनको टिप्पणी थियो ।
रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका वडा नम्बर ५को नवनिर्मित भवन उद्घाटन गर्दै नेता पुनले भने, ‘देशको मालिक जनता भएका छन् । हिजो राजा देशका मालिकका रुपमा गनिन्थे । हिन्दु धर्म अनुसार राजालाई विष्णुको अवतारका रुपमा लिइन्थ्यो । अहिले जनयुद्ध र जनआन्दोलनका कारण देशमा जणतन्त्र आएको छ र जनता नै देशको मालिक हुन् भन्ने मान्यता स्थापना भएको छ ।’
पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुनले गणतन्त्रमा पनि जनताले चाहेका सबै माग पुरा नभएको स्वीकार गरे । ‘गणतन्त्र भनेको जताको शासन हो । जनता आफैंले जनताका प्रतिनिधि चुन्ने र मन परेन भने फेर्ने जनताको व्यवस्था नै गणतन्त्र हो र यो उत्कृष्ट व्यवस्था हो ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया