मोहन वैद्यको स्वास्थ्यमा थप समस्या, आइसीयुमा सारियो
काठमाडौं, १४ पुस । त्रिवि शिक्षण अस्पतालमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्यलाई किरणलाई आइसीयुमा सारिएको छ ।
विगत १५ दिनदेखि अस्पतालमा उपचाररत वैद्यको स्वास्थ्यमा थप समस्या आएकाले शनिबार सुरेश वाग्ले क्यान्सर सेन्टर भवनमा रहेको नयाँ आइसीयुमा सारिएको हो ।
अधिवेशनको काममा खटिँदा स्वास्थ्यमा समस्या देखिएकाले उनलाई अस्पतालको एनेक्स टू क्याबिनमा राखेर उपचार गरिएको थियो ।
उपचारमा संलग्न चिकित्सक डा . निरज बमका अनुसार उनको छातीमा सङ्क्रमण र दमको समस्या छ । वैद्य दीर्घ दमका रोगी हुन् । हरेक वर्ष जाडो याममा उनलाई दमको समस्या बढ्ने गर्छ ।
क्याटेगोरी : राजनीति, स्वास्थ्य
प्रतिक्रिया