Techie IT
Samayabaddha
बुधबार, १७ पुस, २०८१

प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई सिफारिस


काठमाडौँ, १४ पुस । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईको नियुक्ति सिफारिस भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्ति सम्बन्धीको सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी– २ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीतिशास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट