Techie IT
Samayabaddha
बुधबार, १७ पुस, २०८१

अखिल क्रान्तिकारीको निर्वाचनमा उमेर हद लगाउने पक्षको जीत


माओवादी निकट अखिल क्रान्तिकारीको उमेर हदको पक्षधर र त्यसको विरोधीबीचको मतदानमा उमेर हद लगाउने पक्षले विजय हासिल गरेको छ । यसको घोषणा केही समयमा हुँदैछ । विवादास्पद गतिविधि र परिवारगत प्रभावको आधारमा राजनीति गर्ने प्रवृत्तिका प्रतीक मानिएका तुकमान महरा प्रवृत्ति यसपटक पराजीत भएकाे छ । यो पराजयले माओवादीभित्रको आन्तरिक गुटबन्दी र संगठनात्मक शुद्धीकरणमा नयाँ बहसको प्रारम्भ भएको छ ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री जोखबहादुर महराका छोरा तुकमान महराले सम्मेलनमा खुकुरी प्रदर्शन गरेर विवादित छवि बनाएका थिए । उमेर हद लागू गर्नु हुन्न भन्दै खुलेर विरोध गरेका तुकमान र यो संगठनमा रहेर वर्षाै तर मारिरहेको यो प्रवृत्ति यसपटक पनि शक्तिशाली छवि बनाउने प्रयासमा थिए । तर, उनीसहित यो प्रवृत्ति पराजीत भएको छ ।

माओवादी केन्द्रका नेता शक्ति बस्नेतले समेत यस निर्वाचनमा व्यापक सक्रियता देखाएका थिए । तर, उनको प्रयासले पनि नतिजा ल्याउन सकेन । संगठनभित्रको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्न उठाउँदै यस पराजयले माओवादी नेतृत्वको कमजोर संगठनात्मक व्यवस्थापनलाई उजागर गरेको छ।

तुकमान महरा र यो प्रवृत्तिको पराजयले संगठनभित्रको नयाँ पुस्ता र शुद्धीकरणको प्रक्रियालाई बल दिएको छ । ‘विद्यार्थी संगठनमा लागेर तर मार्ने’ प्रवृत्तिको अन्त्य भएको यो नतिजाले उमेर हदको पक्षलाई थप बलियो बनाएको छ । संगठनको आगामी यात्रा अब युवा नेतृत्व र विचारको आधारमा तय हुने संकेत दिएको छ।

 

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट