Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

एकीकृत समाजवादी प्रवेश गर्ने सम्भावना रहे पनि सहमति हुन सकेन : वामदेब गौतम


काठमाडौं, १५ पुस । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

आलोकनगरस्थित समाजवादीको पार्टी कार्यालयमा सोमबार समाजवादीका अध्यक्ष नेपालसँगको भेटपछि सञ्चारकर्मीसँग बोल्दै नेता गौतमले आफू एकीकृत समाजवादी प्रवेश गर्ने सम्भावना रहे पनि सहमति हुन नसकेको प्रतिक्रिया दिए ।

सञ्चारकर्मीको जिज्ञासामा उनले सहमतिको प्रयास जारी रहेको बताए । उनले भने, “पुराना संस्मरणहरू पुनर्जीवित गरियो ।”


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट