Techie IT
Samayabaddha
शुक्रबार, १९ पुस, २०८१

विप्लव नेतृत्वको पार्टीले २०८४ को निर्वाचनमा भाग लिने


काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पा पार्टीले २०८४ को निर्वाचनलाई उपयोग गर्ने निर्णय गरेको छ । सो पार्टीले ‘राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा, विद्यार्थी र नेपाली विशेषतासहितको समाजवादको पक्षमा २०८४ को निर्वाचन प्रयोग’ गर्ने निर्णय गरेको हो। त्यसका पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिइने नेत्र विक्रम चन्दले जानकारी दिए।

त्यस्तै सो पार्टी क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने निर्णय पनि गरेको छ। गत मङ्सिर २७ देखि यही पुस २ गतेसम्म कपिलवस्तुमा बसेको सो पार्टीको नवौँ केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले तत्काल विचार मिल्ने राजनीतिक दलसँग सहकार्य गर्ने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।

बैठकले पार्टीका विचार र प्रस्तावलाई स्पष्ट गर्न देशव्यापी अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए।

उक्त पार्टीले बैठकले एकीकृत जनक्रान्तिका १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयोग र विकासलाई विचार संश्लेषणमा उठाउने निर्णय गरेको छ भने देशमा व्याप्त भ्रष्टाचार, सुकुम्वासी, मिटरव्याज, ऋण आतंक लगायतका मुद्दामा फाल्गुन २१ देखि झापा-कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय लिइएको महासचिव विप्लवले बताए।

बैठकले सिंगो मुलुकलाई आत्मनिर्भरतासहित समृद्धितर्फ अघि बढ्न नयाँ आर्थिक मार्गको विचारलाई दृढताका साथ कार्यान्वयन गर्ने, कृषि उत्पादनसहित उद्योग सञ्चालनका लागि अध्ययन अघि बढाउने, उत्पादन वृद्धि गरी काठमाडौं उपत्यकामा ‘सी व्यापार केन्द्र’ सञ्चालन गर्ने निर्णय गरेको महासचिव चन्दले जानकारी दिए।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट