मधेश प्रदेशको प्रदेशसभा बैठक २३ पुसमा बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस
जनकपुर, १७ पुस । मधेश प्रदेश सरकारले प्रदेशसभाको बैठक २३ पुसमा बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २३ पुसमा प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।
जसपा नेपाललगायत प्रमुख प्रतिपक्षी दलले प्रदेशसभाको बैठक नबोलाएर त्यसलाई सरकारले बन्धक बनाएको आरोप लगाइरहेका बेला सरकारले प्रदेशसभाको बैठक बोलाउन सिफारिस गर्ने निर्णय लिएको हो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेशसभाको बैठक नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
क्याटेगोरी : प्रदेश खबर, राजनीति
प्रतिक्रिया