Techie IT
Samayabaddha
शनिबार, २० पुस, २०८१

एमालेले नभई केपी ओली गुटले कारबाही गरेर पार्टीबाट निकालिएको भीम रावलको भनाई


काठमाडौं, १७ पुस । नेकपा (एमाले)बाट निष्कासित भएका नेता भीम रावलले मुलुकको कूटनीति कमजोर बनेको उल्लेख गरेका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले जमिन बाँझो भएको तथा युवा विदेशिएको कुरा पनि रावलले उठाए । त्यस्तै ठूला भ्रष्टाचारको मुद्दालाई पनि उनले महत्त्वका साथ उठाए ।

बाह्य हस्तक्षेप बढेको र सत्तामा हालिमुहाली गरेकाहरूले नै त्यसको वातावरण बनाएको रावलले आरोप लगाए । नेपाली युवाहरू ठगिएकोदेखि प्रवासी नेपालीहरूको पीडा पनि रावलले उठाए । तर, नेताहरूले भने भ्रष्टाचारलाई प्रश्रय दिइरहेको उनले टिप्पणी गरे ।

अपराधलाई राजनीतिकरण र राजनीतिलाई आपराधिकरण गरिएको उनले बताए । मुलुकमा लम्पसारवाद बढेको भन्दै रावलले यसलाई देशभक्त नागरिकले हेरेर बस्न नहुने बताए ।

आफ्नो व्यक्तिगत स्वार्थ केही पनि नभएको बताएका रावलले स्वदेश र विदेशमा रहेका नेपालीहरूको भविष्य सुन्दर बनाउनका लागि भने आफू कटिबद्ध रहने उनले बताए । उनले देश र विदेशमा रहेका नेपालीहरूलाई मुलुक बनाउने अभियानमा समाहित आह्वान गरे ।

एमालेले नभई केपी ओली गुटले कारबाही गरेर पार्टीबाट निकालिएको बताएका रावलले सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएको जिकिर गरे । आफूमाथि पूर्वाग्रह राखेर कारबाही गरिएको उनको दावी थियो । त्यसक्रममा उनले एमालेमा आफूले गरेको संघर्ष र विभिन्न कमिटीमा रहेर गरेका कामहरूको बारेमा संक्षेपमा स्मरण गरे ।

आफूलाई चितवनमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेको भन्दै कारबाही गरिएको भनिएको भन्दै रावलले ओलीले पनि किन झलनाथ खनाल र माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै प्रश्न गरे ।

रावलले आफू पार्टी निर्माणमा निरन्तर सक्रिय हुँदै आएको दावी गर्दै तर पछिल्लो समय दुरासय राखेर आफूमाथि पूर्वाग्रहपूर्ण व्यवहार गरिएको टिप्पणी गरे । उनले पत्रकार सम्मेलनका क्रममा पटक(पटक एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरे ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट