Techie IT
Samayabaddha
शनिबार, २० पुस, २०८१

माधवजी र म एकजुट हुने भइसकियो : वामदेव गौतम


काठमाडौँ, १७ पुस । नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले पार्टी एकताका लागि माधव नेपाल र आफू एकजुट भएको बताएका छन् ।
बिहीबार पार्टी एकताका लागि एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जुन दिन एकता हुन्छ, त्यही दिन मिडियालाई जानकारी दिने प्रतिक्रिया दिए ।

‘माधवजी र म एकजुट हुने भइसकियो । एकताका लागि दुवै पार्टीबिच समझदारी गरेर जाने सहमति भएको छ । जुन दिन पार्टी एकता हुन्छ, त्यही दिन यसरी एकता भयो भनेर तपाईँलाई जानकारी गरौँला’, उनले भने ।

यस्तै कहिलेसम्म एकता हुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै गौतमले छिट्टै हुन सक्ने बताए । यस्तै भीम रावललाई समेट्ने विषयमा माधवलाई नै थाहा होला भन्ने जवाफ फर्काए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट