एमाले सचिवालय बैठक आज बस्ने

काठमाडौं । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय मूख्यालय च्यासलमा आज साढे १२ बजे बस्नेगरी बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठकका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको अधिकारीको भनाइ छ । एमालेले पुस २१ र २२ गते बस्नेगरी केन्द्रीय कमिटी बैठकको मिति तोकेको थियो ।
एमालेबाट निस्कासनमा परेका नेता डा. भिम रावलले एमाले अध्यक्ष ओलीलाई ७४ प्रश्न तेर्स्याएसँगै सो विषयमा पनि पार्टीले कस्तो धारणा बनाएर जाने भन्ने छलफल हुन सक्ने स्रोतले बतायो ।
क्याटेगोरी : राजनीति
प्रतिक्रिया