Techie IT
Samayabaddha
मंगलबार, ९ वैशाख, २०८२

माओवादीको आज बिहान बस्ने भनिएको स्थायी समिति बैठक सर्‍यो


काठमाडौं । बिहान ११ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सरेको छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्ने उपमहासचिव मातृका यादवले जानकारी दिए ।

यादवका अनुसार केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न बैठक बोलाइएको हो । बैठक शनिबार सकिनेछ ।

आइतबारदेखि केन्द्रीय समिति बैठक सुरु हुने यादवले जानकारी दिए ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट